Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा 

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा 

  • 800
    SHARES
  • अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा 

    काठमाडौं । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    शुक्रबार संयुक्त रूपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र अखिल छैटौँ अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रूपमा जारी गरेको विज्ञप्ति :

    २०७८ पौष १६ संयुक्त प्रेस विज्ञप्ति राष्ट्रियता, जनजीविका र नेपाली विद्यार्थीहरूको साझा मुद्दामा क्रियाशिल संयुक्त विद्यार्थी संगठन, आज लाखौं युवा विद्यार्थीहरूको शैक्षिक सवालमा आन्दोलित छ । नेपालका मेडिकल कलेजहरूले विगत लामो समय देखि चिकित्सा क्षेत्रका विद्यार्थीहरू माथि विभिन्न बहानामा लुट मच्चाई रहेका छन, यसैको शृचलाको रूपमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा एमबीबीएस, बीडीएस र बी नर्सिङमा  राज्यले तोकेको भन्दा बढि विद्यार्थीहरू बाट आफूखशी विभिन्न बहानामा लाखौं रूपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणीपाल मेडिकल कलेज पोखरा,काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरू आन्दोलित भएको प्रती संयक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

    चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यवद्धता जाहेर गर्दै विद्यार्थीहरू लाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं, अन्यथा विद्यार्थीहरूको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यस बाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने छ भन्ने जानकारी पनि यसै विज्ञप्ति मार्फत जनकारी गराउदछौं । हार्दिक अभिवादन सहित ।

    270039912_2085100275004525_1102343810429565039_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij