Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतबाट उद्धार गरिएका सात किशोरीलाई महोत्तरी ल्याइयो 

भारतबाट उद्धार गरिएका सात किशोरीलाई महोत्तरी ल्याइयो 

  • चैत्र १९, २०७७ बिहिवार १४:१६ बजे
  • 830
    SHARES
  • भारतबाट उद्धार गरिएका सात किशोरीलाई महोत्तरी ल्याइयो 

    काठमाडौं । घाँस काट्न भनेर घरबाट निस्किएर भारत पुगेका महोत्तरीका सात किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएर जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ । 

    सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई बिहारको सितामढीस्थित रेल्वे स्टेसनबाट नेपाल ल्याएको हो । 

    भारतीय प्रहरीले ती किशोरीको समूहलाई बिहारको सितामढीस्थित रेल्वे स्टेसन राति १० बजे फेला पारेपछि सशस्त्र प्रहरीलाई खबर गरेको थियो । उनीहरू कसरी त्यहाँ पुगे, वा कसैले लिएर गएकाे हाे भन्ने बारे केही नखुलेकाे प्रहरीले जनाएकाे छ । 

    मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान सम्पर्कविहिन भएका थिए । 

  • सम्बन्धित विषय:

  • # घाँस
  • # महाेत्तरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij