वेबटिभी खबर
सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले रानीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले सो आरोप लगाएका हुन् ।
‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो,’ प्रवक्त विश्वकर्माले भने, ‘तर, नेताहरूले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’
नेपालमा ०४६ सालदेखि जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने दाबी गरे ।
उनले वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन्,’ उनले भने, ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij