वेबटिभी खबर
काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले ६ दिनदेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । नगरपालिकाले संघीय सरकारले तोकेको सात हजार पारिश्रमिक उपलब्ध गराउने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको हो ।
नगरप्रमुख निरसल साहले इसीडी शिक्षक र विद्यालय कर्मचारीको समस्या बोर्ड बैठकमा राखी यथाशीघ्र समाधान गर्ने बताएका छन् । पारिश्रमिकको माग गर्दै शिक्षक र कर्मचारीले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।
नगरप्रमुखको आश्वासनपछि ताला खोलिएको बालविकास शिक्षकका अध्यक्ष अन्जना दासले बताइन् । शिक्षक र कर्मचारीले न्युनतम १५ हजार मासिक पारिश्रमिक पाउनुपर्छ । आठ हजार रूपैयाँ संघीय सरकारले उपलब्ध गराएको छ । बाँकी सात हजार स्थानीय तहले निशर्त दिनुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij