Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

हिमपात भएपछि किसान किन खुसी हुन्छन् ? 

हिमपात भएपछि किसान किन खुसी हुन्छन् ? 

  • 563
    SHARES
  • हिमपात भएपछि किसान किन खुसी हुन्छन् ? 

    हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

    अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिए ।

    ‘हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ’ उनले भने, ‘हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।’ गत मंसिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ ।

    हिमपातले दक्षिण क्षेत्रका किसान खुसी

    लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुसी भएका अदानचुली-५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij