वेबटिभी खबर
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) लाई बढेको तलब तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।
सरकारले बालविकास शिक्षकको तलब बढाएर मासिक १५ हजार पुर्याए पनि सबै स्थानीय तहले बढेअनुसारका रकम नदिँदा शिक्षक र कर्मचारीहरू समस्यामा परेका छन् ।
विद्यालय कर्मचारी आन्दोलनका अभियन्ता राजु अवस्थी सरकारको यो कदम स्वागतयोग्य भए पनि पटक-पटक ढाँटिएकाले ढुक्क हुने अवस्था नभएको गुनासो गर्छन् ।
फाष्ट ट्रयाकबाट शिक्षा ऐन आउन थालेको र चुनावी सरकार भएकोले यो बेला सबैले आआफ्नो ठाउँबाट संसद्, जनप्रतिनिधि, शिक्षा मन्त्रालय र सरकारसम्म पुगेर पहल गर्दा सकारात्मक परिणाम निस्कने संभावना छ ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि केही गर्नु पर्ने बेलामा शिक्षक सम्वद्ध संस्थाका अगुवाहरू पार्टीको महाधिवेशनमा व्यस्त हुनु दुःखद हो ।
अगुवाहरू नै यो हुँदैछ ऊ हुदैछ भनेर ढाँट्छन् । केही उपलब्धि भयो भने त्यसको जस लिन भने मरिहत्ते गर्छन् ।
चुनाव अगाडि शिक्षा ऐन आउने भएकोले माग पुरा गराउन घनिभूत आन्दोलन गरिनुपर्छ । जसले आन्दोलन घोषणा गर्छ हामीले त्यहि स्वतन्त्र संगठन रोज्नुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij