Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

  • चैत्र १८, २०७७ बुधवार १५:३० बजे
  • 749
    SHARES
  • उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

    उदयपुर । उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।

    त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए । 

    अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा  लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । 

    त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौं सामुदायिक वनमा डढेलो बढ्दै गएको छ । सो आसपासका गाउँ उच्च जोखिममा छन् । 

    डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताए । 

    जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।  

  • सम्बन्धित विषय:

  • # डढेलो
  • # उदयपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij