Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पारिश्रमिकको माग गर्दै सर्लाहीमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे आन्दोलन

पारिश्रमिकको माग गर्दै सर्लाहीमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे आन्दोलन

  • 1.3K
    SHARES
  • पारिश्रमिकको माग गर्दै सर्लाहीमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरु गरे आन्दोलन

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिकको माग गर्दै आन्दोलित भएका छन् ।

    आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार पारिश्रमिक दिन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । बुधबार सर्लाहीको मलंगवा नगरपालिकाका विद्यालयमा कार्यरत इसीडी शिक्षकहरूले कार्यालयको मुख्यद्वार अगाडि धर्ना दिए ।

    सरकारले बजेट भाषणमा इसीडी शिक्षकका लागि १५ हजार मासिक पारिश्रमिक दिने भने पनि सोअनुसारको पारिश्रमिक नदिँदा बाध्य भएर आन्दोलन गर्नु परेको बालविकास संघर्ष समितिका अध्यक्ष अन्जना दासले बताइन् ।

    ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था गरिएको भएपनि नगरपालिकाले गत ५ महिनादेखि तलब नदिएको गुनासो उनीहरूको छ ।

    नगरपालिकालाई पटक-पटक पारिश्रमिकका लागि ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएपछि आफूहरू बाध्य भइ आन्दोलन गर्नु परेको संघर्ष समितिका कोषाध्यक्ष रञ्जु कर्णले बताइन् ।

    इसीडी शिक्षकहरूको आन्दोलनमा शिक्षा क्षेत्रसम्बद्ध विभिन्न संघसंगठनहरूले एकबद्धता जनाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij