Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

म्यानमारमा जारी सैनिक कदमविरुद्ध नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

म्यानमारमा जारी सैनिक कदमविरुद्ध नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

  • चैत्र १८, २०७७ बुधवार १२:५६ बजे
  • 670
    SHARES
  • म्यानमारमा जारी सैनिक कदमविरुद्ध नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

    काठमाडौं । म्यानमारमा जारी प्रजातन्त्र विरोधी गतिविधिविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित राष्ट्र संघको कार्यालयअगाडि विरोध प्रर्दशन गरेको छ ।

    म्यानमारमा जारी हत्या र दमनको विरोध गर्दै त्यहाँको सेनाले नागरिकमाथि गरेको दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने मागसहित मंलबार प्रदर्शन गरेको हो ।

    म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गर्दै यू एन हाउस पुल्चोक अगाडि प्रदर्शन गरेको समाजले जानकारी दिएको छ ।

    प्रदर्शनमा सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको छ ।

    प्रदर्शनपश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एंन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालय मार्फत बुझाइएको समाजले जानकारी दिएको छ ।

    प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, सहभागी थिए ।

    यस्तै समाजका उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतमलगायतको सहभागिता थियो ।

  • सम्बन्धित विषय:

  • # म्यानमार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij