Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कांग्रेस प्रदेश २ अधिवेशनः पाँच जना सदस्य निर्विरोध निर्वाचित

कांग्रेस प्रदेश २ अधिवेशनः पाँच जना सदस्य निर्विरोध निर्वाचित

  • पौष ७, २०७८ बुधवार १९:११ बजे
  • 431
    SHARES
  • कांग्रेस प्रदेश २ अधिवेशनः पाँच जना सदस्य निर्विरोध निर्वाचित

    सप्तरी ।  नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।

    प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij