Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीविरुद्ध ताप्लेजुङमा प्रदर्शन

एमसीसीविरुद्ध ताप्लेजुङमा प्रदर्शन

  • 521
    SHARES
  • एमसीसीविरुद्ध ताप्लेजुङमा प्रदर्शन

    ताप्लेजुङ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध मंगलबार ताप्लेजुङमा प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रको हितविपरीत रहेको भन्दै त्यसविरूद्ध प्रर्दशन गरिएको हो ।

    एमसीसीविरूद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

    ‘इराक, अफगानिस्तान र लिबिया हेरौं, राष्ट्रघाती एमसीसीका मतियारलाई घेरौं’ भन्ने नारा लेखिएको ब्यानर प्लेकार्डसहित सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरिएको छ ।

    प्रदर्शनकारीले एमसीसीविरूद्ध चर्को नाराबाजी गर्दै फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरेका थिए ।

    कोण सभालाई नेकपाका केन्द्रीय सदस्य सुमन लिम्बू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सुरज ओझाले सम्बोधन गरेकाे नेकपाका जिल्ला सचिव असल पन्दाकले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij