Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

  • चैत्र १७, २०७७ मंगलवार १३:५४ बजे
  • 1.4K
    SHARES
  • मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

    बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्न थालेको छ ।

    जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्न थालेका  हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।  
     
    केही दिनयता भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । 

    यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । 

    मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए ।  

    मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा जोशीको भनाइ छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # भाइरल ज्वरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij