Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा : निमावि र प्रावि तहको विज्ञापन कहिले खुल्छ ?

शिक्षक सेवा : निमावि र प्रावि तहको विज्ञापन कहिले खुल्छ ?

  • 14.1K
    SHARES
  • शिक्षक सेवा : निमावि र प्रावि तहको विज्ञापन कहिले खुल्छ ?

    काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशित गरेको छ ।

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।

    अर्को सातासम्म क्रमशः नि.मा.वि र प्रा.वि.तहको पनि विज्ञापन खुलाइने उनले बताए । उनका अनुसार अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मा.वि, नि.मा.वि र प्रा.विको एकै दिन विज्ञापन गर्न सकिएन । २/४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना छ ।

    आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । २ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    शिक्षक सेवा आयोगले खुलायो विज्ञापन, माग्यो यति धेरै शिक्षक शिक्षक सेवा आयोगले खुलायो विज्ञापन, माग्यो यति धेरै शिक्षक

    सामान्य परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुने मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । 

    माध्यमिक तहको परीक्षा चैत १५ मा सुरु हुन्छ । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।

    अनिवार्य र स्वैच्छिक अवकाशका कारण हरेक वर्ष शिक्षक दरबन्दी रिक्त हुने गर्छ । यसअघि २०७४/७५ मा विज्ञापन खुलेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij