Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

नमस्तेको टावरमा आगलागी भएपछि डेढ हप्तादेखि स्थानीय सञ्चारविहीन

नमस्तेको टावरमा आगलागी भएपछि डेढ हप्तादेखि स्थानीय सञ्चारविहीन

  • 540
    SHARES
  • नमस्तेको टावरमा आगलागी भएपछि डेढ हप्तादेखि स्थानीय सञ्चारविहीन

    सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका-७ स्थित धारापोरीको ठाडा ढुंगामा रहेको नमस्तेको टावरमा आगलागी भएपछि सो क्षेत्रका स्थानीय सेवाग्राही सञ्चारको पहुँचबाट वञ्चित भएका छन् ।

    गत मङ्सिर १४ गते बेलुका ४ बजेको समयमा एक्कासि टावर घरमा आगलागी भएको जानकारी पाएपछि धारापोरी गाउँका स्थानीय नागरिकहरूले उक्त आगो नियन्त्रणमा लिएका धारा पोरीका स्थानीय कालीबहादुर सिंहले बताए ।

    धारापोरीमा रहेको नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि करिब डेढ हप्तादेखि सिमकोट गाउँपालिका वाड नम्बर ७ को धारापारी, डाँडाफया, चौगानफया र वडा नम्बर ८ को स्याँडा, खोल्सीका र नाम्खा गाउँपालिकाका धिँगा, गाडापारी, च्यादुक, खगाँलगाउँलगायत लामा खोल्सीका केर्मी गाउँका स्थानीय नागरिक प्रत्यक्ष फोन सम्पर्कबाट प्रभावित भएका छन् ।

    नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि दिनदेखि सिमकोट र नाम्खा गाउँपालिकाका दुई वटा गाउँपालिका गरेर करिब आठ हजार सेवाग्राही फोन सेवाबाट वञ्चित भएका छन् ।

    टावरमा ४८ ओटा ब्याट्री र अन्य टावर सञ्चालनका लागि प्राविधिक सामाग्री रहेका थिए । तर, केही जलेर नष्ट भएका छन् भने केही बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । टावर के कति कारणले जलेको हो त्यसको जानकारी नभएको जनाइएको छ ।सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij