Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

अमेरिकामा आँधी : कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा

अमेरिकामा आँधी : कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा

  • 489
    SHARES
  • अमेरिकामा आँधी : कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा

    एजेन्सी, न्युयोर्क । अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौँ हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

    आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।  केन्टुकीमा आपतकाल घोषणा गरिएको छ । 

    आँधीले दर्जनौँ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij