Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीपलाई भोट

उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीपलाई भोट

  • 798
    SHARES
  • उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीपलाई भोट

    काठमाडाैं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पौडेललाई अघि सार्दै भोटसमेत मागेका छन् । 

    १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।

    उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने बेला भएको पनि बताए ।

    सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरू सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

     उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij