काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रन्तिकारी)ले सबै प्रदेशमा कमाण्डर तोकेको छ । शनिबार बसेको अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिको विस्तारित बैठकले प्रदेश कमाण्डर तोकेको हो ।
भेलाले क्रन्तिकारीको राष्ट्रिय सम्मेलन आउँदो असोज ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय समेत गरेको छ । बैठकले संगठन विस्तार तथा शुद्धीकरणका लागि अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष दिपेश पुनले जानकारी दिए ।
संगठन विस्तारलाई पूर्णता दिँदै संगठनलाई गतिशील बनाउन सातै प्रदेशमा कमाण्डर तोकिएको क्रान्तिकारीका सचिव नरेश रेग्मीले जानकारी दिए ।
यी हुन् क्रान्तिकारीका कमाण्डर क्रान्तिकारीको प्रदेश १ मा तिलकराज भण्डारी, प्रदेश २ मा दीपक देवकोटा र वागमतीमा उत्तम अधिकारी गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम तोकिएका छन् ।
२३ फागुनमा सर्वोच्च अदालतले माउ पार्टी माओवादी ब्युँताउने फैसला गरेपछि चैत १२ मा अखिल क्रान्तिकारीको पदाधिकारी बैठक बसेको थियो ।
बैठकले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) पुनर्थापित हुने र केन्द्रीय अध्यक्ष रञ्जित तामाङ रहने निर्णय गरेको थियो । अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी एक सय ५७ सदस्यीय छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij