काठमाडौं । एक्कासी धुँवा भरिएपछि धूमिल बनेको काठमाडौंको आकाश आज रातभर सफा नहुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौं उपत्यकाको आकाशमा मकवानपुर, पर्सा र चितवनको जंगलमा डढेलो लागेपछि त्यहाँको धुँवा काठमाडौंको आकाशमा भरिएको हो ।
उक्त धुँवाका कारण शुक्रबार दिउँसैदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान हुन नसकेको विमानस्थलका अधिकारीले बताएका छन् ।
‘यो मुख्यत धुँवाको प्रभाव हो । पर्सा, मकवानपुर र चितवनको जंगलमा डढेलो लागेको सूचना आएको छ । काठमाडौं छेउका थप जिल्लाका जंगलमा पनि डढेलो लागेको हामीले अनुमान गरेका छौं,’ महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले वेबटिभी खबरसँग भने, ‘आज रातभरसम्म उपत्यकाको आकाशमा भिजिबिलिटी सामान्य नरहने हामीले पाएका छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij