काठमाडौं । मेरो माइक्रोफाइनान्सले २४ मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ। माइक्रोफाइनान्सले लाभांश प्रस्ताव पारित गर्न होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सभा आह्वान गरेको हो।
सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतको एजेन्डा छ।
साधारणसभा प्रयोजनार्थ माइक्रोफाइनान्सले ९ देखि २४ मंसिरसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार ८ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij