Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

काबुलमा विस्फोट पाँचजनाको मृत्यु

काबुलमा विस्फोट पाँचजनाको मृत्यु

  • फाल्गुण ८, २०७७ शनिवार १४:२१ बजे
  • 1.0K
    SHARES
  • काबुलमा विस्फोट पाँचजनाको मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

    मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

    विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८:०० बजे भएको थियो । 

    दोस्रो विस्फोट  १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०:२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् ।  
     
    यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।  

  • सम्बन्धित विषय:

  • # काबुल
  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij