Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रहरीले खाेस्याे विप्लवकाे मशाल [फोटोफिचर]

प्रहरीले खाेस्याे विप्लवकाे मशाल [फोटोफिचर]

  • 452
    SHARES
  • प्रहरीले खाेस्याे विप्लवकाे मशाल  [फोटोफिचर]

    ओखलढुंगा । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ ।

    चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घाेषणा गरेर आज मशाल जुलुस निकालेकाे थियाे ।

    सिद्धिचरण नगरपालिका-१२ स्थित गणेशचाेक नजिकैबाट सुरु भएकाे जुलुस प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे । 

    प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे ।

    आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।

    मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षााकर्मी साेमबार साँझदेखि नै परिचालन गरिएकाे छ । 

    नेकपाका कार्यकर्ताले निकालेकाे मशाल जुलुस

    bip2.jpg

    bip1.jpg

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij