Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अपराजित ब्राजिल ६ खेल बाँकी हुँदै कतार विश्वकपमा छनौट 

अपराजित ब्राजिल ६ खेल बाँकी हुँदै कतार विश्वकपमा छनौट 

  • कार्तिक २६, २०७८ शुक्रवार ०८:२७ बजे
  • 471
    SHARES
  • अपराजित ब्राजिल ६ खेल बाँकी हुँदै  कतार विश्वकपमा छनौट 

    काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल कतार विश्वकपमा छनौट भएको छ। शुक्रबार बिहान भएको खेलमा कोलम्बिया विरुद्ध जित निकालेपछि ब्राजिल विश्वकपमा छनौट भएको हो। ब्राजिलले दक्षिण अमेरिकी छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो । 

    ब्राजिलले कोलम्बियालाई १–० गोलले हराएको हो। ब्राजिलको जितमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ७२ औं मिनेटमा नेयमारको असिस्टमा पाक्वेटाले गोल गरेका थिए। पराजित कोलम्विया १३ खेलबाट १६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । ब्राजिलले दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ९ अंकले पछि पारेको छ ।

    छनौटका १२ खेल खेलेको ब्राजिलले ३४ अंक जोडेर विश्वकपमा छनौट भएको हो। १२ मध्ये ११ खेल जितेको ब्राजिल एक खेलमा मात्र बराबरीमा रोकिएको थियो। एक खेल कम खेलेको  अर्जेन्टिना २५ अंक जोडेर दोस्रो स्थानमा छ।

    अर्जेन्टिनाले शनिवार विहान उरुग्वेको सामना गर्नेछ। २०२२ मा हुने विश्वकपमा छनौट हुने ब्राजिल तेस्रो टिम हो। यसअघि जर्मनी  र डेनमार्क विश्वकपका लागि छनौट भइसकेका छन्।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij