Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

जेरार्ड बने भिल्लाका मुख्य प्रशिक्षक, ६ बर्ष पछि प्रिमियर लिगमा कमब्याक

जेरार्ड बने भिल्लाका मुख्य प्रशिक्षक, ६ बर्ष पछि प्रिमियर लिगमा कमब्याक

  • 501
    SHARES
  • जेरार्ड बने भिल्लाका मुख्य प्रशिक्षक, ६ बर्ष पछि प्रिमियर लिगमा कमब्याक

    काठमाडौं । लिभरपुलका पूर्व कप्तान स्टेभन जेरार्ड एस्टन भिल्लाका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । स्कटिस क्लब रेन्जर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी छोडेर जेरार्ड इंग्लयान्ड फर्किएका हुन् । ४१ बर्षिय जेरार्डले २०१५ मा प्रिमियर लिग छोडेका थिए । १९९८ देखि २०१५ सम्म लिभरपुलबाट ५०४ खेलेका उनले १२० गोल गरेका थिए । उनले लिरभपुलबाट एक च्याम्पियन्स लिग, २ एफएकप लगायतका उपाधि जितेका थिए। लिभरपुल छोडेर उनी  अमेरिकी क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका थिए । 

    अमेरिकामा एक बर्ष खेलेपछि उनले प्रशिक्षण करियर सुरु गरेका थिए । २०१८ मा रेन्जर्सको प्रशिक्षक बनेका उनले गत सिजन स्कटिस प्रिमियरसिपको उपाधि जितेका थिए ।  ६ बर्ष पछि प्रिमियर लिगमा फर्किएका जेरार्डले भिल्लामा डेन स्मिथको स्थान लिनेछन् । स्मिथलाई चार दिन अघि मात्रै भिल्लाले बर्खास्त गरेको थियो । जेरार्डलाई मुख्यप्रशिक्षक नियुक्त गरेपछि भिल्लाले खुसी व्यक्त गरेको छ । क्लबका सिइओ क्रिस्टियन पर्सलोले भनेका छन्, ‘एस्टन भिल्लाको बोर्ड जेरार्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्दछ ।’

    जेरार्डले भिल्लाको प्रशिक्षक बन्न पाउँदा गर्व महसुस भएको बताएका छन् । भिल्लाले प्रिमियर लिगका पछिल्ला खेलमा राम्रो प्रर्दशन गर्न सकेको छैन । निरन्तरको खराब प्रर्दशनका कारण क्लबले स्मिथलाई बर्खास्त गरेको थियो। ११ खेलबाट १० अंक जोडेको भिल्ला तालिकाको १६औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij