काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच सोमबार भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटका क्रममा विप्लवले सहमतिअनुसार बाँकी नेता कार्यकर्ताको रिहाइ कहिले हुन्छ ? भन्ने प्रश्न राखेका छन् ।
‘हामीले गत फागुन २० गते सरकारसँग गरेको सहमतिअनुसार पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका हाम्रो पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सम्बन्धी सहमति अझै पूर्ण कार्यान्वयन नभएको भन्दै उहाँ (विप्लव) ले असन्तुष्टि जनाउनु भएको हो,’ विप्लव निकट स्रातेले भन्याे ।
जवाफमा प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्ता रिहाइका लागि आफूहरू लागिरहेको बताएको जानकारी दिइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij