Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

  • कार्तिक १४, २०७८ आइतवार १०:०७ बजे
  • 623
    SHARES
  • डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

    डडेल्धुरा ।  डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक  ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो । 

    बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको हो।  बसमा  ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    डीएसपी नेपालका अनुसार  घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

    घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीया बिर्मा  ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij