टोकियो । जापानमा १० वर्षपछि सुनामी आएको छ । मियागी प्रान्तमा शनिबार ७.२ म्याग्निच्युडको भूकम्प आएपछि समुद्रमा करिब एक मिटर उचाइका छालहरु उठेका थिए ।
मियागीमा जापानको एक न्युक्लियर पावर प्लान्ट पनि रहेको छ । यो भूकम्पपछि स्थानीय मानिसले प्लान्ट सुरक्षित रहेको दाबी गरेका छन् । स्थानीय प्रशासनले मानिसहरुलाई अग्लो स्थानतर्फ जान सूचित गरेको छ । भूकम्पका कारण त्यस क्षेत्रमा बिजुली प्रसारण बन्द भएको छ ।
पूर्वी जापानको रेलवे कम्पनीले भूकम्पपछि बुलेट ट्रेनको सेवामा रोक लगाएको छ । तोहोकु सिन्कानसेन बुलेट ट्रेनलाई भूकम्पपछि केही समयका लागि रोकिएको बताइएको छ । यसभन्दा अगाडि जापानमा स् २०११ मार्च ११ मा सुनामी आउँदा धेरै धनजनको क्षति भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij