वेबटिभी खबर
काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । खेलको ३६ औँ मिनेटमा पिकेले गोल गरेका थिए ।
जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए । च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो ।
च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो । जितपछि बार्सिलोना समूह 'इ'मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij