सुर्खेत । हुम्लामा अबिरल बर्षापछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।
खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।
एकै परिवारका ६ जना पुरिएको खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij