वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १७ सय ७३ जनाकाे नमुना परीक्षण गर्दा १४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ सय ४६ पीसीआर गर्दा १३६ जनामा र ३२७ एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
याे अवधिमा ८४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार एकजनाकाे संक्रमणकै कारण निधन भएकाे छ ।
हाल देशभर सक्रिय संक्रमित १२ हजार ५९८ जना मात्र छन् । संक्रमितमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा र १ हजार ५४ जना संस्थागत आइसोलेनमा रहेका छन् । संस्थागत आइसोलेनमा रहेकामध्ये ३०७ जना आइसियूमा र ९७ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij