Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

  • 408
    SHARES
  • मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

    असोज । बेसीशहर नगरपालिका–६ मा भएको टोल स्तरीय फुटबल प्रतियोगितामा पुमागाउँ टोल विजेता बनेको छ । विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

    बेलौतिबिसौना टोल र पुमागाउँ टोलबीच भएको फाइनल खेलमा चार गोल गर्दै पुमागाउँ टोल विजेता बनेको हो । उपविजेता बेलौतिबिसौना टोलबाट कुनै पनि गोल हुन सकेन । विजेता तथा उपविजेता खेलाडीहरुलाई बेसीशहर नगरपलिका ६ का वडा सदस्य होमबहादुर राउतले पुरस्कार वितरण गरे । 

    विजेता पुमा टोललाई नगद २० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तैगरी उपबिजेता बेलौतिबिसौना टोललाई नगर १० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    उत्कृष्ट गोलकिपर बेलौतिबिसौनी टोलमका खेलाडी शम्भु रिमाल, खेल अवधिभर ६÷६ गोल गरी सर्वाधिक गोलकर्तामा बेलौतिबिसौना टोलका नबिन रिमाल र पुमा टोलका प्रेम गुरुङ, उत्कृष्ट खेलाडीमा पुमा टोलका चिज मिजार र बेलौतिबिसौना टोलका चिरन रिमाल घोषित भए । उनीहरुलाई जनही ११ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij