Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

‘रामायण’ मा ऋतिक रावण, रणवीर राम !

‘रामायण’ मा ऋतिक रावण, रणवीर राम !

  • 754
    SHARES
  • ‘रामायण’ मा ऋतिक रावण, रणवीर राम !

    काठमाडौं । बलिउडका दुई स्टार ऋतिक रोशन र रणवीर कपुर ‘रामायण’ नामक फिल्ममा सँगै अभिनय गर्ने खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

    ‘रामायण’ मा ऋतिकले रावण र रणवीरले रामको भूमिका निर्वाह गर्नेसमेत चर्चा चलेको छ । भारतीय मिडियाकाअनुसार यही फिल्मको छलफलका लागि शनिबार ऋतिक र रणवीर निर्माता ज्याकी भागनानीको अफिस पुगेका थिए ।

    निर्माता भागनानीका साथमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा र मधु मटेनी उपस्थित थिए । ऋतिक र रणवीरले फिल्मबारे निकै समय छलफल गरेका थिए ।

    निर्माण पक्षले पौराणिक रामायणलाई नै नयाँ ढंगबाट पर्दामा उतार्न लागिएको जानकारी दिएको छ । निर्माताले सुरुमा यो फिल्म तीन सय करोड भारुमा बनाउने अनुमान गरेको थियो । तर, अब उक्त बजेटमा फिल्म पूरा गर्न नसक्ने देखिएकाले अन्य निर्मातासँग समेत सहकार्य गरेर फिल्म बनाउने योजना बुनिएको छ । फिल्ममा सीताको भूमिका कसले निर्वाह गर्ला ? अहिले यसबारे चर्चा सुरु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij