वेबटिभी खबर
काठमाडौं । सोमबार अपरान्हदेखि कपनबाट चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका उनी त्यतातिर गएको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको छ विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij