Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनभिए भलिबल : हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

एनभिए भलिबल : हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

  • आश्विन ११, २०७८ सोमवार १०:१८ बजे
  • 565
    SHARES
  • एनभिए भलिबल :  हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

    काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फका ६ खेलहरू हुँदैछन् । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फका ६ खेल हुने भएका छन् । महिलातर्फको खेल भने भोलि (मंगलबार) बाट मात्रै सुरु हुनेछ ।

     पहिलो खेलमा बिहान ८ बजेदेखि साविक लिग विजेता हेल्प नेपाल र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । दोस्रो खेलमा १० बजे गल्कोट स्पोर्ट्स क्लबले प्रदेश नम्बर २ को सामना गर्नेछ । तेस्रो खेलमा दावाली मिलन क्लबले १२ बजे गण्डकी प्रदेशसँग आमनेसामने हुनेछ । 

    चौंथो खेलमा विभागीय नेपाल पुलिस क्लबले दिउसो २ बजे मणिमुकुन्द भलिबल क्लबको चुनौती सामना गर्नेछ । पाँचौं खेलमा नयाँ बजार सामाजिक युवा क्लबले ४ बजे कर्णाली प्रदेशको सामना गर्नेछ ।

    आजको अन्तिम तथा छैटौं खेलमा बूढानीलकण्ठ भलिबल क्लबले साझ ६ बजे ढोरपाटन स्पोर्ट्स क्लबसँग पलिलो अंकको लागि  खेल्नेछ । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोली गरी २० क्लबको सहभागिता रहेको छ । 

    च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । दुवै विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रो हुने टिमले १ लाख प्राप्त गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # भलिबल
  • # एनभिए भलिबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij