Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

  • 728
    SHARES
  • तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

    दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।  

    अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् । 

    भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताए । उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको जानकारी दिँदै उनले भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिने उल्लेख गरे । 

    हाँछ्यु आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा सास फेर्न भने गाह्रो हुँदैन, उनले भने । 

    भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ । ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउँछन् ।   

    भाइरल ज्वरो सरुवा रोग भए पनि छिटो निको हुने उनले जानकारी दिए । उनका अनुसार दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखापर्ने गरेको छ । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको अस्पतालले जनाएको छ । सांकेतिक तस्बिर

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij