वेबटिभी खबर
काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी समर्थक युवालाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । पार्टीनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले बिहीबार काभ्रेको पाँचखालमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जाली झेली फटाहाविरुद्ध आक्रामक बन्नसमेत निर्देशन दिएका हुन् ।
प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन आह्वान गरेका छन् । उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था देखिएको बताए ।
‘हाम्रो काम जाइलाग्ने होइन, आइलागेपछि इँटको जवाफ पत्थरले फकाउनुपर्छ,’ उनले भने, ‘अबको चुनाव चौसट्ठीको जस्तो बनाउनै पर्छ । जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैं लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपिइयो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने । करोडौँ भ्रष्टाचार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ र जनताको सेवा गर्नुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij