Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बेलायतमा एकैदिन ३१ हजारभन्दा बढी कोरोना संक्रमित

बेलायतमा एकैदिन ३१ हजारभन्दा बढी कोरोना संक्रमित

  • 697
    SHARES
  • बेलायतमा एकैदिन ३१ हजारभन्दा बढी कोरोना संक्रमित

    लण्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड-१९ का संक्रमितको संख्या झन् बढ्न थालेकाे छ । मंगलबार मात्र बेलायतमा ३१ हजारभन्दा बढी संक्रमित भएको बताइएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरूले गएको २४ घण्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताएका छ ।

    बेलायतमा केही दिनयताको यो संक्रमितको संख्या धेरै हो । स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार केही हप्तायता ठूलो संख्यामा नयाँ संक्रमित थपिने क्रम जारी रहेको छ । उनीहरूकाअनुसार आजसम्म संक्रमितहरूको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ ।

    गएको २४ घण्टामामात्र २०३ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ । लण्डनमा कोभिड-१९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका संक्रमित घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij