Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

पोल्यान्डलाई इयूले भन्यो- बलात्कारको परिभाषा परिवर्तन गर 

पोल्यान्डलाई इयूले भन्यो- बलात्कारको परिभाषा परिवर्तन गर 

  • 519
    SHARES
  • पोल्यान्डलाई इयूले भन्यो- बलात्कारको परिभाषा परिवर्तन गर 

    काठमाडौं । युरोपको शीर्ष मानवअधिकार निगरानी समूहले बिहीबार मानवअधिकार एवं लोकतान्त्रिक मूल्यमा पोल्यान्डको सत्तारुढ दक्षिणपन्थी सरकारलाई ‘बलात्कारको परिभाषा फेर्न’ भनेको छ ।

    देशको सत्ताधारी कन्जरभेटिभ ल एन्ड जस्टिस पार्टीको सरकारले गर्भपतनलाई लिएर कडा कानुन बनाउन लागेकाे छ । देशभर भइरहेको विरोधका बावजुद पनि सरकार आफ्नो अडानबाट एक कदम पछाडि हटेको छैन । गत वर्ष पोल्यान्डको संवैधानिक ट्राइब्युनले एक फैसला सुनाउँदै त्यहाँ आमाको ज्यान जोखिममा भएको अवस्थामा मात्रै गर्भपतन गर्न सकिने वा बलात्कारबाट बसेको गर्भमात्र फाल्न पाउने गरी गर्भपतनलाई वैधता दिएको थियो । 

    यो आदेशभन्दा अगाडि क्याथोलिक बाहुल्यता रहेको पोल्यान्डको गर्भपतन कानुन युरोपमा सबैभन्दा कडा मानिन्थ्यो । युरोपेली परिषदले यौन हिंसाविरुद्ध लड्ने वार्साको प्रयासलाई तीव्र बनाउनुपर्छ र बलात्कारको परिभाषा परिवर्तन गरेर ‘एक बल-आधारित परिभाषा हटाएर सबै गैर सहमतिमा भएका यौनकृत्यलाई दण्डनीय बनाउनुपर्छ’ भनेकाे छ । 

    पोल्यान्डले यौन हिंसा पीडितका लागि आपतकालीन संरक्षण र सेवामा सुधार्न गर्न पनि आवश्यक रहेको पनि परिषदले जनाएको छ । प्रहरी र मेडिकल कर्मचारीलाई बलात्कारको मामिलामा पहिलो प्रतिक्रियादाताको रूपमा राम्रोसँग देशभित्र महिला अधिकारकर्मीहरु बीचको संचार बढाउन प्रशिक्षित गर्नुपर्ने सुझाव दिएकाे छ ।

    महिलाविरुद्धकाे हिंसा रोक्नका लागि युराेपेली मुलुकहरुले लागू गरेकाे सन् २०१४ को इस्तानाबुल सन्धिबारे समीक्षा गर्ने क्रममा इयूले पोल्यान्डलार्ई सुझाव दिएको हो । अहिलेसम्म विश्लेषण गरिएका १७ देशमध्ये बेल्जियम, माल्टा र स्वीडेनले मात्रै सहमतिविना भएका यौनजन्य गतिविधिमा सजाय दिने गरेका छन्, भने बाँकी देशले यस्ता हिंसामा आरोपीलाई उन्मुक्ति दिएका छन् । 

    युरोपेली युनियनका २७ मध्ये ६ देशले सन्धि पुष्टि गरेका छैनन । यसमा हंगेरी, बुल्गेरिया, स्लोभाकिया, चेक गणराज्य, लात्भिया र लिथुआनिया रहेका छन् । महिला अधिकारका क्षेत्रमा वार्सा र युरोपेली संघबीच मतभेद रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij