वेबटिभी खबर
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३४९ , भक्तपुरमा ६९ र ललितपुरमा १५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधि देशभर २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको संक्रमणको कारणले निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij