वेबटिभी खबर
ओन्टोरियो । निर्वाचनको प्रचार अभियानको क्रममा प्रदर्शनकारीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो माथि ढुंगा प्रहार गरेका छन् । प्रहार गरिएका ढुंगा ट्रुडोनजिकै भएर गएका थिए ।
सोमबार ओन्टरियोको लन्डन सहरमा बस चढ्ने क्रममा उनलाई लक्षित गरी ढुंगा फ्याँकिएको हो । प्रधानमन्त्री ट्रुडोलाई कुनै चोट नलागेको बताइएको छ । क्यानडाको सिटिभी नेसनल न्युजका अनुसार बसमा सवार दुई व्यक्तिलाई ढुंगाले लागेको थियो ।
जस्टिनले अगस्टमा क्यानडामा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । तर कोभिड खोप अनिवार्य बनाउने र अन्य प्रतिबन्धलाई लिएर उनको विरोध भइरहेको छ । निर्वाचनको प्रचारका क्रममा पनि विरोध प्रदर्शन गरिएको थियो ।
एक साता पहिला विरोध प्रदर्शनकै कारण उनले निर्वाचन र्याली रद्द गरेका थिए । जस्टिन ट्रुडोले आफूमाथि ढुंगा हानिएपछि मंगलबार प्रदर्शनकारीको व्यवहार अस्वीकार्य रहेको बताए । यो घटनाको विपक्षी कन्जर्भेटिभ पार्टी पनि निन्दा गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij