Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गर्भपतन अपराध होइन !

गर्भपतन अपराध होइन !

  • 578
    SHARES
  • गर्भपतन अपराध होइन !

    मेक्सिको सिटी । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन गरेकालाई अपराधीलाई जस्तै दण्ड दिनु गैर-कानुनी हुने फैसला गरेको छ । अदालतको आदेशसँगै मेक्सिकोमा गर्भपतनले कानुनी मान्यता पाउने भएको छ । फैसलाअनुसार अब गर्भपतन गर्ने महिलाबिरुद्ध  मुद्दा दायर गर्न पाइने छैन् ।

    सर्वोच्च अदालतका न्यायधीश म्यारिअ अग्यिुलरले अदालतको फैसला महिलाको अधिकारका लागि एतिहासिक कदम भएको टिप्पणी गरेका छन् । मंगलबार अदालतले उत्तरी राज्य खोविलालाई गर्भपतनलाई अपराध नमान्न आदेश दिएको थियो ।

    अदालतको पछिल्लो फैसलाले नयाँ नजिर स्थापना हुने विश्वास गरिएको छ । फैसलासँगै गर्भपतनका कारण जेल कोचिएका महिलाहरु अब तत्काल रिहा हुनेछन् । मेक्सिकोमा गर्भपतनलाई अबैद्य मानिदै आएको छ  । त्यसमा पनि चार राज्यमा त यसलाई अपराध नै मानिन्छ । बलत्कार वा असुरक्षित गर्भका कारण आमाको जीवन खतरामा रहेको अवस्था बाहेक केही राज्यहरूमा भने गर्भपतनमा छुट छ ।

    मेक्सिकोमा गर्भपतनको वकाल गर्दै आएको इनफरमेसन ग्रुप अन रिप्रोडक्टिभ चोइस (जीआइआरइ) ले अदालतको फैसलाको स्वागत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # गर्भपतन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij