Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अर्मेनियाको पोष्टमा जर्मनीले गर्‍यो आधा दर्जन गोल 

अर्मेनियाको पोष्टमा जर्मनीले गर्‍यो आधा दर्जन गोल 

  • भाद्र २१, २०७८ सोमवार १०:२० बजे
  • 577
    SHARES
  • अर्मेनियाको पोष्टमा जर्मनीले गर्‍यो आधा दर्जन गोल 

    एजेन्सी–  फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । 

    गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्को रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १–१ गोल गरे । 

    पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो । जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो । 

    जितसँगै जर्मन समूह ‘जे’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

    पाँच खेलबाट नौ अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचौ र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ । 

    राति नै भएको समूह ‘जे’को अर्को खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २–० गोल अन्तरले पराजित गर्‍यो । रोनानियाको जितमा एलिन टोस्का र  क्रिष्टियन मानेयाले १–१ गोल गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij