Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

  • भाद्र २१, २०७८ सोमवार १०:०० बजे
  • 582
    SHARES
  • लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

    एजेन्सी– जेसे लिंगार्डले दुई गोल गरेपछि इंग्ल्याण्डले फिफा विश्वकप छनोटमा सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो । 

    इंग्ल्याण्डको जितमा  लिंगार्डले दुई गोल तथा ह्यारी केन र बुकायो साकाले एक–एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । जितसँगै युरोेपेली छनोटको समूह ‘आई’बाट इंग्ल्याण्ड शीर्ष स्थानमा छ । पाँच खेल खेलेको इंग्ल्याण्डको १५ अंक छ । एन्डोरा भने पाँच खेलबाट तीन अंकसहित ५औँ स्थानमा छ । 

    सोही समूहको अर्को खेलमा अल्बानियाले हंगेरीलाई १–० गोल अन्तरले पराजित गरेको छ। खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्माण्डो ब्रोजाले गरेको गोलमा अल्बानिया विजयी भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij