Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

फ्रान्सको खराब लयः युक्रेनसँग बराबरीमा रोकियो 

फ्रान्सको खराब लयः युक्रेनसँग बराबरीमा रोकियो 

  • भाद्र २०, २०७८ आइतवार ०९:१७ बजे
  • 409
    SHARES
  • फ्रान्सको खराब लयः युक्रेनसँग बराबरीमा रोकियो 

    एजेन्सी– विश्व विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा युक्रेनसँग बराबरीमा रोकिएको छ।  यसअघि बोस्निया एन्ड हर्ज गोभिनासँग बराबरी खेलेको फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

    एनएसके ओलिम्पी किएभमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली युक्रेनले खेलको ४४औं मिनेटमा अग्रता लिएको थियो । 

    दोस्रो हाफको शुरुमै फ्रान्सले बराबरी गोल फर्कायो । एन्थोनी मार्सियालले एड्रिएन राविओटको पासमा गोल गर्न सफल भएका थिए ।  त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलकै बराबरीमा टुंगियो ।

    पछिल्लो पाँच खेलमा फ्रान्सको यो पाँचौ बराबरी हो । गत जुलाईमा सम्पन्न युरो कपमा समूह चरणको खेलमा जर्मनीलाई १–० ले हराएयता फ्रान्सले पाँच खेल खेल्दा जित निकाल्न सकेको छैन । विश्वकप छनोटमा फ्रान्सको यो तेस्रो बरारबरी हो । यसअघि फ्रान्सले युक्रेनसँगै १–१ गोलको बराबरी खेल्दा बोस्नियासँग पनि १–१ गोलकै बराबरीमा रोकिएको थियो ।

    यो नतिजापछि समूह ‘डी’ मा फ्रान्स ५ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ५ अंक भएपनि फिनल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । बोस्निया एन्ड हर्जगोभिना र काजकस्तान समान २ अंक जोडेर चौथो र पाँचौ स्थानमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij