Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड 

झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड 

  • भाद्र १६, २०७८ बुधवार १०:३४ बजे
  • 618
    SHARES
  • झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड 

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। प्रचण्ड खनाललाई भेट्न डल्लु पुगेका हुन्।

    खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ। खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए।

    खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij