Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

उदयपुरमा सात महिनापछि दोस्रो मात्रा कोभिशिल्ड लगाइँदै

उदयपुरमा सात महिनापछि दोस्रो मात्रा कोभिशिल्ड लगाइँदै

  • 529
    SHARES
  • उदयपुरमा सात महिनापछि दोस्रो मात्रा कोभिशिल्ड लगाइँदै

    उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मंगलकारदेखि कोभिशिल्डको पहिलो डोज खोप लगाएको झण्डै सात महिनापछि जेष्ठ नागरिकलाई दिइने दोस्रो डोजका लागि एस्ट्राजेनेका खोप लगाउँदै छ । कार्यालयले गत फागुन दोस्रो साता कोरोनाविरुद्धको कोभिशिल्डको पहिलो मात्रा लगाएका उदयपुरबासीलाई १५ देखि ३० भदौसम्म दोस्रो मात्रा लगाउने जानकारी दिएको छ ।

    गत २३ फागुनदेखि १० चैतसम्म ६५ वर्षमाथिका १० हजार ५६८ जना जेष्ठ नागरिकलाई भारतमा उत्पादित कोभिशिल्ड खोप लगाइएको थियो । पहिलो डोज लगाएको चार सातादेखि १६ सातासम्ममा लगाइसक्नुपर्ने खोप भारतले उपलब्ध नगराउँदा सात महिनासम्म जेष्ठ नागरिकले दोस्रो डोज लगाउन नपाएका हुन् । नेपाल सरकारले खरिद गरेको कोभिशिल्ड खोप भारतले रोकिदिँदा यस्तो समस्या भएको हो । 

    पहिलो मात्रा कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई अहिले छिमेकी मुलुक भूटान र जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप लगाइँदै छ । कोभिशिल्ड खोप र एस्ट्राजेनेकाको कम्पोजिसन एकै भएकाले यो खोप लगाउन लागिएको कार्यालयले बताएको छ ।

    जिल्ला खोप समन्वय समिति उदयपुरको बैठकले जिल्लाका आठवटा स्थानीय तहमा २१० वटा खोप केन्द्र निर्धारण गरी संचालन गरेर खोप लगाउने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरन्जीवी निरौलाले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहका २१० वटा खोप केन्द्रमार्फत मंगलबारदेखि खोप लगाउने काम भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij