Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेको विधान महाधिवेशन गोदावरी सम्मेलन केन्द्रमा हुने, प्रतिनिधिले गरे हलको निरीक्षण

एमालेको विधान महाधिवेशन गोदावरी सम्मेलन केन्द्रमा हुने, प्रतिनिधिले गरे हलको निरीक्षण

  • 828
    SHARES
  • एमालेको विधान महाधिवेशन गोदावरी सम्मेलन केन्द्रमा हुने, प्रतिनिधिले गरे हलको निरीक्षण

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरस्थित गोदावरी सम्मेलन केन्द्रमा आयोजना हुने भएको छ । महाधिवेशन स्थल अवलोकनका लागि एमाले नेताहरू मंगलबार त्यसतर्फ लागेका छन् ।

    ५ र ६ भदौमा आयोजना हुने विधान महाधिवेशन स्थल पुगेर एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङसहित विधान महाधिवेसन आयोजक व्यवस्थापन समितिका पदाधिकारीले गोदावरी सम्मेलन केन्द्रको हलको अवलोकन गरेका छन् ।

    ‘एमालेको विधान महाधिवेसन आयोजक व्यवस्थापन समितिको टोलीले महाधिवेशवेसन आयोजना हुने स्थान गोदावरी सम्मेलन केन्द्रको स्थलगत अध्ययन गरेको छ,’ एमाले केन्द्रीय सदस्य तथा विधान महाधिवेसन आयोजक व्यवस्थापन समिति सदस्य पाशाङ शेर्पाले जानकारी दिए ।

    २७ र २८ भदौमा हुने भनिएको एमालेको विधान महाधिवेशन ८ भदौमा बसेको एमाले स्थायी कमिटीको सर्वसम्मतिपछि ५र ६ असोजमा बस्ने तय भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij