Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

हुम्लामा अझै पुगेन नयाँ पाठ्यपुस्तक

हुम्लामा अझै पुगेन नयाँ पाठ्यपुस्तक

  • 642
    SHARES
  • हुम्लामा अझै पुगेन नयाँ पाठ्यपुस्तक

    हुम्ला । हुम्लाको माथिल्लो भेगमा रहेका तीनवटा गाउँपालिकाको लागि पाठ्यपुस्तक पुराउने जिम्मा लिएको रोकाया पुस्तक पसलले ८५ प्रतिशत पुस्तक जिल्लामा पुगेको बताएको छ । सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका गरेर तीनवटा पालिकामा पाठ्यपुस्तक पुराउने जिम्बा लिएको रोकाया पुस्तक पसलले निमावी, प्रावि र माविका गरेर ८५ प्रतिशत पुगेको सञ्चालक ज्ञानबहादुर रोकायाले जानकारी दिए ।

    तीनवटा गाउँपालिकामा रहेका ५८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यामिक र निमाविका प्रायः जसो सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याइसकेको रोकायाले बताए । कक्षा १ को विद्यार्थीका एक दुईवटा विषयको पुस्तक मात्रै बाँकी रहेको र अन्य सबै पुगेको उनले बताए । निम्न माध्यामिक विद्यालयको पनि आधाभन्दा बढी पुस्तक आइपुगेको र आउन बाँकी रहेको पुस्तक चाडै जिल्लामा पुग्ने भएको रोकायाले बताए ।

    सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका ५८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी पाठ्यपुस्तक पुराउने जिम्बा रोकाया पुस्तक पसलले लिँदै आएके छ । रोकायाले भने, ‘अधिकांश विद्यालयबाट पाठ्यपुस्तकको माग धेरै आउने गरेको भए पनि, पसलमा नेपालगञ्जबाट आइपुगे पनि अन्तिममा लिन आउन छोड्ने गरेका छन् ।’ 

    कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ भने झन्डै साढे एक वर्ष देखि जिल्लामा पठनपाठन ठप्प हुँदै आएको छ । हरेक वर्षको २ फागुनदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण यो वर्षको गत १ असारबाट सुरु भएको थियो ।

    कोरोना कहरले जिल्लामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा आउन नसके पनि गत १ असारबाट नयाँ शैक्षिक सत्र सुरु भएको थियो । नयाँ शैक्षिक सत्र सुरुभएको झन्डै साढे एक महिनापछि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन् । कोरोना संक्रमण फैलने डरले विद्यालय बन्द भएर घरमै सीमित भएका विद्यार्थीहरु पठनपाठनमा ठूलो बाधा पुगेको छ । कोरोना कहरले विद्यालय बन्द रहे पनि पाठ्यपुस्तक पाएका विद्यार्थीले घरमै अध्ययन गर्ने भएका छन् ।

    यस्तै जिल्लाको दक्षिण भेगमा रहेका रहेका चारवटा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाइएको गुनासो गरेका छन् । अधिकांश गाउँपालिकाले पाठ्युपुस्तक समयमै पुराएको भए पनि अधिकांस विद्यालयका विषयगतका पाठ्यपुस्तक पुग्न नसकेको पाइएको छ ।

    जिल्लाको माथिल्लो भेगमा रहेका तीनवटा गाउँपालिकाका लागी हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ । दक्षिण भेगका चारवटा गाउँपालिकाका विद्यार्थीका लागि पैदलमार्गबाट ढुवानी भएर पुग्ने गर्दछन् । जिल्लामा पुस्तक पुराउने जिम्बा लिएका पुस्तक पसलेहरुले पुस्तक पुराएको भए पनि कोरोना कहरले विद्यालय बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij