Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

नेपाललाई योगेशको जवाफ : 'आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउनुहोस्'

नेपाललाई योगेशको जवाफ : 'आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउनुहोस्'

  • 556
    SHARES
  • नेपाललाई योगेशको जवाफ : 'आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउनुहोस्'

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेका दोस्रो पुस्ताका नेताहरूलाई आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन तयार रहेको अभिव्यक्ति दिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई एकीकृत समाजवादीको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।

    नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij