Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

इजिप्टको कपडा कारखानामा आगलागी, २० को मृत्यु 

इजिप्टको कपडा कारखानामा आगलागी, २० को मृत्यु 

  • फाल्गुण २८, २०७७ शुक्रवार १३:५९ बजे
  • 853
    SHARES
  • इजिप्टको कपडा कारखानामा आगलागी, २० को मृत्यु 

    कायराे । अफ्रिकी देश इजिप्टमा एक कपडा कारखानामा बिहीबार भीषण आगलागी भएको छ । आगलागीमा परेर २० जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । घटना राजधानी कायरोनजिक रहेको ओबौरमा भएको हो । कारखानाको ४ तलासम्म आगलागी भएपछि त्यहाँ धेरै मानिस फसेका छन् । के कारणले आगलागी भएको हो भनेर पत्ता लागेको छैन । आगो नियन्त्रणमा आइसकेको छ । 

    कायरोमा गत महिना १३ तल्ले भवनमा भएको आगलागी एक दिनपछि मात्र नियन्त्रणमा आएको थियो । पछि यस भवनलाई भत्काइयो । गत वर्ष डिसेम्बरमा ओबौरमा एक निजी अस्पतालमा पनि आगलागी भएको थियो । यसमा सात जनाको मृत्यु भएको थियो । यसै किसिमले एलेक्जेन्ड्रियाको एक अस्पतालको भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # आगलागी
  • # अफ्रिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij