Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दैलेखका ११ स्थानीय तहमध्ये ठाटीकाँधको बेरुजु धेरै

दैलेखका ११ स्थानीय तहमध्ये ठाटीकाँधको बेरुजु धेरै

  • 905
    SHARES
  • दैलेखका ११ स्थानीय तहमध्ये ठाटीकाँधको बेरुजु धेरै

    दैलेख । जिल्लाका ११ वटा स्थानीय तहमध्ये बेरुजु आउनेमा ठाटीकाँध पहिलो नम्बरमा रहेको छ । दैलेखक स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बेरुजु मध्ये ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदन  २०७८ अनुसार जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ बेरुजु निस्किएको हो ।

    ठाटीकाँधमा १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ८ दशमलव ६ प्रतिशत हो । जिल्लामा सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ ।

    गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १ दशमलव ९० प्रतिशत अर्थात एक करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३ दशमलव २८ प्रतिशत अर्थात दुई करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

    गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा पाँच करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६ दशमलव २२ प्रतिशत हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा दुई करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ८४ प्रतिशत हो ।

    ७४ करोड ४५ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा दुई करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ३८ प्रतिशत हो । एक अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २ दशमलव ९३ प्रतिशत अर्थात चार करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ ।

    नारायण नगरपालिकाले लेखापरीक्षण गराएको एक अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा चार करोड २७ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३ दशमलव ८२ प्रतिशत हो ।

    यस्तै नौमूले गाउँपालिकामा तीन करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा तीन करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४ दशमलव ३९ प्रतिशत, महाबुमा ४ दशमलव १४ प्रतिशत र भैरबीमा ४ दशमलव ६० प्रतिशत हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij